• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाई १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम सम्पन्न


  •    संवाददाता/ बुधबार, फागुन ०३, २०७९  

  • झापाको कनकाई १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम हिजाे शनिबार सम्पन्न भएको छ।
    कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. १ स्थित दलित सामुदायिक भवनमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुशीलकुमार पोख्रेलले ब्यानर पढी तालीमको उद्घाटन गर्नुभएको थियोे ।
    उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका वडावासीलाई प्राथमिक्ता राखी यस्ता तालिमको आयोजना गरिरहने र अबकेही दिनमै पशु बिमा गरि किसानले पालेका पशु चौपायाको सुरक्षामा ध्यान दिदै जाने जानकारी दिनुभयो ।
    उहाँले बढीभन्दा बढी वडाबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै वडाबासीको पशुधन सुरक्षामा वडा गम्भिर भएको बताउनुभयो । सुकेडागी सामुदायिक वनको आयोजना तथा जिल्ला भेट्नेरी अस्पताल तथा पशु विज्ञ केन्द्र भद्रपुर झापाको सहयोगमा सम्पन्न तालिममा साहारा नेपाल साकोसका पशु चिकित्सक डा. कमलेश्वर भट्टले सहजीकरण गर्नु भएको वडा न १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो तालिममा ५० बढी वडाका अगुवा बाख्रा पालक कृषक सहभागी भएको वडा न १ का वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो । वडा न १ र २ का कृषकहरुलाई लाभान्वित गराउँने उद्येश्यका साथ २ वटै वडामा तालिमको आयोजना गरिएको बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सदस्य लोकनाथ दुलालले जानकारी दिनुभयो । बृहत बाख्रा ब्लक अन्तर्गत यो वर्ष २ वडामा २२ वटा खोरका साथै मोटसहित २० वटा च्याप कटर मिसिन पनि वितरणको तयारीमा रहेकोे कार्यक्रमका सदस्य दुलालले जानकारी दिनुभयो
    बाख्रा कृषकहरुकालागी पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट यतिबेला घुम्ती शिविर साथै निशुल्क औषधि वितरण , पशु बिमाका साथै यस्ता तालीमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको तालीममा सहभागी कृषक स्वतिका अधिकारीको भनाई छ।
    नगरले यतिबेला सबै वडामा पशु स्वास्थ्यशिविर समेत चलाईरहेको छ । शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिदै आईएको बताएको छ । त्यस्तै सबै जातका अन्य पशु चौपायको स्वास्थ्य परिक्षणका साथै रेविज भेक्सिन, बोका, सुँगुरको बन्ध्याकरण भिटामिन, क्याल्सियम, जुका नाम्लेको औषधि लगायत निशुल्क वितरण भईरहेको छ । नगरमा यस अघि सबै वडामा बाख्रा पाठाहरुको पनि स्वास्थ्य शिविर संचालन गरिएको कनकाई १ कि अर्कि वडा सदस्य संगीता लुवागुनको भनाई रहेकोे छ। सुकेडागी सामुदायिक वनकि सदस्य राजेस्वरी कोईरालाले स्वागत गरेको कार्यक्रमको सन्चालन वन समुहका कोषादक्ष आई पि भट्टराईले गर्नुभएको थियोे ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.