शिवसताक्षी नगर पालिका वडा नं १० मा स्थित धार्मिक पर्याटकिय स्थल दाेमुखा- माइधार सडक कालाेपत्रे हुने भएकाे छ । लामाे समय देखि ओझेलमा परेकाे सडकलाई उच्च गुणस्तरीय कालाेपत्रे सडकमा परिवर्तन गर्नेगरि आयाेजना निर्माणकाे शिलान्यास गर्न लागिएको हाे ।
संघीय सांसद लालप्रसाद साँवाकाे प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न गरिएकाे छ । कार्यक्रममा विशिष्ठ अतिथि नगरप्रमुख मेगाहाङ थाेप्रा सहित अतिथिहरु उप प्रमुख नरमाया कार्कि,वडा नं.१० का अध्यक्ष हर्क बाहदुर सिघु, ९ का अध्यक्ष डिल्लीलाल फेम्वु,१ का अध्यक्ष लक्ष्मी प्र.चेम्जाेङ,८ का सन्त कुमार फाउदेन ,७का भवानी चेम्जाेङ्ग, प्रमुख प्रशासकीय अधिकृत अमृत बा. राई, लेख अधिकृत प्रकाश याेङ्गहाङ दाेमुखा पर्यटन बाेर्ड अध्यक्ष धन प्रसाद लावती र निर्माण व्यवसायी लाेक बाहदुर श्रेष्ठ लगायत दोमुखा वासीको उपस्थितिमा ओझेलमा रहेनुका साथै अनेकन बाधा अड्चन रहेकाे थियाे ।
झापा जिल्ला र शिवसत्तासी नगरकै गौरवको योजना धार्मिक तथा पर्यटकिय स्थल दोमुखा-माईधार सडक खण्डको कालो पत्रे आज देखि उच्च गुणस्तर मापदण्डअनुसार समयसिमा भित्रै मुर्तरुपमा काम सक्ने गरि शिलान्यास गरिएको छ।
दोमुखा-माईधार सडक खण्ड कालो पत्रे हुदै
दोमुखा-माईधार सडक खण्ड कालो पत्रे हुदै
Advertisement
तपाईको प्रतिक्रिया







