• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भाेलिदेखी कदम थिएटरमा ‘गाई कि त्रिशूल’ मञ्चन हुने


  •    संवाददाता/ सोमबार, फागुन ०१, २०७९  

  • कदम थिएटर दमकले नाटक ‘गाई कि त्रिशूल’ मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मंगलबारदेखि नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागेको हो ।

    चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।

    Advertisement

    सर्वोदय बोर्डिङ स्कूलसँगको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा बाल मनोविज्ञानलाई समेटिएको अर्का निर्देशक दीपक खरेलले जानकारी दिए ।

    Advertisement

    ‘बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरुको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ’ खरेल भन्छन्, ‘यो नाटकमा बालबालिकाद्वारा नै अभिनय गरिएको, बाल मनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यसलाई बाल नाटक भन्न हामी रुचाउँदैनौँ ।’

    सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको मनोविज्ञानमा पुर्याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् ।

    प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटकलाई कदम थिएटरका दिपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । यो नाटक फागुन २ गतेदेखि ८ गतेसम्म मञ्चन हुने भएको छ ।

    कदम थिएटरले ‘विद्यालयमा रंगमञ्च’ अभियानमा दमकका केही विद्यालयहरुमा नाटक प्रशिक्षण गराइरहेको छ । यसै अन्तर्गत यो एक वर्षमा दमक कै सर्वोदय बोर्डिङमा विद्यार्थीहरुलाई अभिनय कार्यशाला गराए पश्चात यो नाटक तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिएका छन् ।

    ‘विद्यार्थीहरुलाई किताबका शिक्षासँगै सीपयुक्त ज्ञान पनि बाँड्नु पर्छ भन्ने उद्देश्यले रुचि भएका आफ्ना विद्यार्थीहरुलाई अभिनय कक्षा गराएका हौँ’ उनले भने । नाटकमा दिप्लक राई, कुशल बस्नेत, नम्रता ओझा, गरिमा बस्नेत, अनिस्मा पौडेल, आयुस भण्डारी, सनोज तामाङ, इशान केरुङ लिम्बू, निराजन बस्नेत, मञ्जिल लिम्बू र एलेक्स नेपालीले अभिनय गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.