बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका– ८, झिलझिलेस्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टमा सांस्कृतिक उत्थान महोत्सवको उद्घाटन गर्न पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि झापा आउने भएका छन् ।
आदिवासी–जनजाति समुदायको संस्कृति, कला र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव हुने कार्यक्रम अन्तरगत एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री ओलि आउने पक्का भएको संचालक सौजन संग्रौलाले बताए ।
अध्यक्ष ओलिले ३५ फिट लामो नेपालको झण्डा अनावरण गर्दै महोत्सवको उद्घाटन गर्ने छन् ।
संचालक राजकुमार संग्रौलाले ५ दिने महोत्सव अवधिभर यस भेगमा छरिएर रहेका आदिवासी, जनजातिहरुको मौलिक परिकारहरुको स्वाद लिन सकिने जानकारी दिए।
रिसोर्टमा परम्परागत सामग्री, कलाकौशल, पुरातात्विक महत्त्वका वस्तु, भाषा तथा लिपि, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रदर्शनीसँगै प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने बताईएको छ।
महोत्सवको अन्तिम दिन विशेष आकर्षणका रुपमा रहने नेपालको सर्वाधिक चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को सांगीतिक साँझमा समीर संग्रौलाले बताए ।
५ सय र हजार टिकट दरको टिकट बिक्री हुँदै आएको र ५ हजारको हाराहारीमा बुकिङ भईसकेको संग्रौलाले जानकारी दिए ।







