• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा मावि गरामनीका जग्गादाताको परिवारका लागि घर निर्माण शुरु


  •    सराेज पौडेल/ बुधबार, माघ २५, २०७९  

  • बिर्तामोड, माघ २५ । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।
    बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिव ५ लाख रुपैयाँको लागत तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् ।

    उनले घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेलले सो घरको लागि चाहिने सम्पूर्ण ढोकाहरु आफूले व्यक्तिगत रुपमा दिने घोषणा गरे । त्यस्तै वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईले आफूले पाउने एक महिनाको तलब भत्ता सो घरको लागि उपलब्ध गराउने घोषणा गरे ।त्यस्तै वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले आफूले गर्नुपर्ने सहयोग गर्ने बताए भने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सो घरको लागि आबश्यक कर्कट पाता सहयोग गर्ने घोषणा गरे ।

    सोही अवसरमा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले ३० बोरा र कालीमाता मठ मन्दिर समितिले २० बोरा सिमेन्ट सहयोग गरेका छन् । ती सिमेन्ट मन्दिर समितिका काजी बुढाथोकी , रविन बुढाथोकी , गणेश उप्रेतीले हस्तान्तरण गरेका थिए । उजारु राजवंशी भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्यले पनि सहयोग गर्ने बताएका छन् ।

    Advertisement

    कार्यक्रममा वडा सदस्य सल्पना राजवंशी , राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले घर निर्माणको आबश्यकताका बारेमा प्रकाश पारेको कार्यक्रमको संचालन सदस्य सरोज पौडेलले गरेका थिए ।हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेका छन् । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती वयोबृद्धा चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको समितिले जनाएको छ । उजारु राजवंशीको घर निर्माण गर्नका लागि गत भदौमा समिति गठन गरिएको थियो ।
    दाता परिवारको दुःख देखेर आफूहरुको अगुवाई र सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको संयोजक पाठकले बताए । उनले घर निर्माणका लागि सहयोग गर्न सबै सहयोगी हातहरुलाई आग्रह गर्दै त्यसका लागि लुम्बिनी विकास बैंकको बिर्तामोड शाखामा उजारु राजवंसी भवन निर्माण समितिको खाता नं ०७२००१२०२४२१५८०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिएका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.