बिर्तामोड । बिर्तामोड २ स्थित चैतुबारी युवा परिवारलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
वडा नम्बर २ ले युवाहरूको खेलकुद प्रतिको रुचि बढाउन र क्षमता वृद्धि गर्न १५ थान फुटबल बिरतण गरिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए। 
चैतुबारी स्थित पञ्चरत्न माध्यमिक बिद्यालयको खेल मैदानमा अपराहन्न ४ बजे देखि युवाहरुले फुटबल खेल्दै आएका छन् । उनिहरुलाई खेल संग जोड्ने उदेश्यले सो सामाग्री बितरण गरिएको चैतुबारी बजार ब्यबस्थापन समिती अध्यक्ष पारश संग्रौलाले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य चेतन बिमली ,रोशन घतानी लगायतको उपस्थिति रहेको थियो ।
वडा नम्बर २ का न्यायीक समिति सदस्य रमेश कुमार खरेलले कार्यक्रमको संचालन गरेका थिए ।
Advertisement







