• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कक्षा ७ मा पढ्ने तीन विध्यार्थीले बनाएकाे बिजुलि गाडि उद्घाटन : वार्षिकोत्सब रा.र.आ.मावि


  •    संवाददाता/ मङ्गलबार, माघ १७, २०७९  

  • झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडीको आज उद्घाटन गरिएको छ ।

    शिवसताक्षी ११, दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो ।

    Advertisement

    उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात विद्यार्थीहरुले सोही गाडीमा राखेर नगरप्रमुख थोप्रालाई दूधे बजार परिक्रममा गराएका थिए ।

    Advertisement

    विद्यालयमा अध्ययरत प्रशन्न दवाडी, निशान शंकर र सन्देश बरालले स्थानीय बस्नेत गृलमा निर्माण गरेका हुन् । उनीहरुले पढाई साथ साथै एक महिना अघिदेखि गाडी निर्माणमा लागेका थिए । करिब १ लाख ५० हजार खर्चमा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरिएको विद्यार्थी निशान शंकरले जानकारी दिए । उनीहरुले यस अघि पनि विद्यालयहरुमा रकेट, वाटर पम्प, सानो रिमोट कन्ट्रोल कार लगायतका सामाग्रीहरु बनाउँदै आएका थिए । यस गाडी निर्माणका लागि केहीबाट सहयोग जुटेमा मोटर साइकलको इन्जिनबाट चल्ने गाडी निर्माण गर्ने बताएका छन् ।

    उक्त गाडीमा तीनजना सवारी गर्न सकिने प्रशन्न दवाडीले बताए । दवाडीका अनुसार गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ। गााडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुद्न सक्छ। गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ।
    यता शिवसताक्षी नगरपालिका नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले गाडी निर्माण गरेको कामको प्रशंसा गरेका छन् । उनले नगरपालिकाले यस्ता प्रतिभाहरुको कदर गर्ने र हाललाई नगरको तर्फबाट २० हजार सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । नगरप्रमुख थोप्राले पछिल्लो समय सामुदायिक विद्यालयहरुले राम्रै फड्को मार्न थालेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.