• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

समाजमा बिद्यामान हानिकारक अभ्यासहरुका विषयाा कनकाईमा अन्तरक्रिया


  •    संवाददाता/ शनिबार, माघ ०७, २०७९  

  • झापाको कनकाई नगरपालिकामा समाजमा विद्यामान हानिकारक अभ्यासहरूका विषयमा अन्तरक्रिया भएको छ ।
    राष्ट्रिय महिला आयोगको आयोजनामा शुक्रवार कनकाईमा बाल विवाह, बहु बिबाह, दाइजो प्रथा, बोक्सीको आरोपलगाएका प्रथाहरू सम्बन्धी एक दिने मधेश केन्द्रित अन्तरक्रिया भएको हो अन्तरक्रिया कार्यक्रम कनकाई नगर बालबालिका शाखा प्रमुख टीका खतिवडाको संयोजनमा भएको थियो ।

    जनप्रतिनिधि, मानव अधिकारवादी, नगरका कर्मचारी, प्रहरीसहित करिब ६५ जनाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश नं. १ की कानुन अधिकृत तथा राजस्व फाटकी प्रमुख पुष्पलता उप्रेतीले गर्नुभएको थियो।

    Advertisement

    अन्तरक्रियाका क्रममा कानुन अधिकृत तथा राजस्व फाटकी प्रमुख उप्रेतीले महिला हिंसाका घटना देशमै सबै भन्दा धेरै प्रदेश नं. १ मा हुने गरेको जानकारी दिनुभयो। उनले आत्महत्या, बलात्कार, बहुविवाह जस्ता महिला हिंसाका घटना प्रदेश १ मा धेरै हुने गरेको उहाँको जिकिर थियो ।

    Advertisement

    महिला आयोगकी सदस्य पवित्राकुमारी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सामान्य प्रशासन मन्त्रालयका उपसचिव ओमकार शाहले पार्नुभएको थियोे । अन्तरक्रिया कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल नगर उपप्रमुख आशा शर्मा शिवाकोटी विभिन्न शाखाका प्रमुख , नौ ओटै वडाका अध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य विभिन्न सघ सस्था प्रमुख प्रतिनिधि लगायतको उपस्थित रहेको थियोे ।
    महिलाहरूलाई सचेतना जगाएर महिला हिंसा निर्मूलीकरण गर्ने उद्देश्यले आयोगले सुनसरीको दुहबी, मोरङको रंगेली र झापाको कनकाई नगरमा अन्तरक्रिया गरेको आयोगकी कानुन अधिकृत आश्रृती पोखरेलले जानकारी दिनुभयो । यता नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले यस्ता हिंसाका घटना प्रदेश १ मा धेरै हुने गरेको तथ्यांक भएतापनि कनकाईमा यस्ता घटना शुन्यमा झार्न विभिन्न अन्तरकृया , सम्बाद ,जनचेतनामूलक अभियान लगायतका कार्यक्रम सन्चालन गरिने प्रतिवद्धता जनाउनु भयो । नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले झापाका अन्य पालिकाको तुलनामा कनकाईमा यस्ता घटनामा कमी आएको जानकारी गराउनु भयो । कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख पिताम्वर गौतम , प्रशासकीय अधिकृत विवेक भण्डारी , कर्मचारी विजय पाठक लगायतले आ – आफ्नो भनाई राख्नुभएको थियोे ।कार्यक्रमको सञ्चालन आयोगकी कर्मचारी बिना श्रेष्ठले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.