झापाको कनकाई नगरपालिकामा लागुअौषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक सडक नाटक मञ्चन भएको छ ।
क्षितिज नाट्य समुह र नाम्लो नाट्य समूह मारङ्गका कलाकारहरूले कनकाइ मावि सुरुङ्गामा नाटक ‘कुरा अर्को छ’ मञ्चन गरेका हुन।
नाटकमा किशोर किशाेरीहरु खराब संगतका कारण लागू औषध सेवनमा फस्ने हालकाे समाजकाे भयावह अवस्थालाई उजागर गर्न खाेजिएकाे साथै त्यस्काे असरका बारेमा संदेश दिन खाेजिएकाे छ।
कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा मञ्चन गरिएकाे नाटकमा वडा न.३ का वडा अध्यक्ष युवराज चौलागाइँ, वडा न.४ का वडा अध्यक्ष रोशन सुवेदी ,कनकाई मा वि का प्रधानाध्यापक कर्ण बहादुर डाँगी, कनकाई मा वि स्वास्थ्य इकाई प्रमुख ऋतु सोडारी लगायत शिक्षक, बिद्यार्थी तथा अभिभावक लगायतको उपस्थिति रहेकाे थियाे ।
लागुअौसध दुर्व्यसन न्युनीकरणका क्षेत्रमा बृहत् चेतना अभिबृद्धि गर्दै नगर भित्रका सबै किशोर किशोरीहरु माझ चेतना अभिबृद्दि गर्ने उद्देश्य का साथ नगरपालिकाको विशेष सहयोग र आयोजनामा नाटक मञ्चन गरिएको हाे। यसबाट दुब्र्यसन न्यनीकरणमा ठूलो चेतना प्रभाह हुने नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।
लागू आौषध दुब्र्यसन न्युनीकरण सम्बन्धि प्रस्तुत नाटक कुरा अर्को छ मा क्षितिज नाट्य प्रतिष्ठान झापा र नाम्लो नाट्य समूह मोरङ्ग का कलाकारहरुको अभिनय रहेको थियो । क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष माधब कल्पितको निर्माण परिकल्पना र रंगकर्मी सुदिप जंङ्ग कार्कीको निर्देशन रहेको नाटकमा समीक्षा खतिवडा ,दीक्क्षा चौधरी, प्रदिप सरदार ,सुरज माझी ,दिपा रेग्मी ,भिमा खतिवडा ,सञ्जय मुडियारी ,भरत कार्कीलगायत कलाकारहरुकाे अभिनय रहेकाे थियाे।
कनकाईमा लागुअौषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक सडक नाटक मञ्चन
कनकाईमा लागुअौषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक सडक नाटक मञ्चन
Advertisement
तपाईको प्रतिक्रिया







