बिश्व हिन्दु महासंघ झापाको भवन निर्माणका लागि युवा व्यावसायी प्रकाश बुढाथोकीले आर्थिक सहयोग गर्नुभएको छ ।
बिर्तामोड ३ बिराट पोखर परिसरमा निर्माण भएको महासंघको भवन लाई बिर्तामोड ९ उज्यालो चिन्तन चौतारीका संचालक समेत रहेका बुढाथोकीले ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको हो ।

बिर्तामोडमा शनिबार आयोजीत एक कार्यक्रमका बिच युवा व्याबसायी बुढाथोकीले महासंघका अध्यक्ष मोहन उप्रेती र सदस्य पुन्य प्रसाद प्रसाईंलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । ३८ लाखको लागतमा निर्माण भएको २ तले भवन स्थानीयको सहयोगमा निर्माण भएको हो ।
Advertisement
परिसरमा मन्दिर , बगैँचा सहितका संरचना बनाइएको छ । धार्मिक गतिविधि हुँदै आएको यो स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।







