झापा । झापाको अर्जुनधारामा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
अर्जुनधारा नगरपालिका– ५ स्थित फुलमती जुस फ्याक्ट्रीनजिकै अन्दाजी ३० वर्षका पुरुषको शव दिउँसो ४ बजेपछि फेला परेको हो ।
सडेको अबस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए । शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
Advertisement







