झापा । बिर्तामोड स्थित वडा नम्बर ८ का बिपन्न परिवारलाई जाडोका लागि न्यानो कपडा बितरण गरिएको छ ।
जगदम्बा प्लाईउडका संचालक अर्बिन अग्रवालले बिर्तामोड नगरपालिका ८ का ६० घरपरिवार लाई सो सामाग्री बितरण गरेका हुन् ।

जाडोका कारण बिपन्न समुदायका बालबालिका र बृद्ध-बृद्धालाई समस्या नहोस् भन्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको व्यावसायि अग्रवालले बताए ।

प्रदेश सांसद माननीय एकराज कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडा सदस्य अग्नि प्रसाद सिटौला र इन्दिरा पाण्डेको उपस्थितिमा कपडा बितरण गरिएको स्थानीय धर्मेन्द्र सिटौलाले जानकारी दिए ।
Advertisement







