२५ पुस, झापा । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगंज टोल विकास संस्थाले टोल भित्रका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच विपन्न ६ परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।
जाडोको समयमा चिसोबाट जोगाउन सहयोग होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको महारानीगंज टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । टोल विकासले मानवीय सेवा कार्य अन्तर्गत मंगलबार ज्याकेट वितरण गर्ने तयारी गरेको पनि खड्काले जानकारी दिनुभयो ।
Advertisement







