बिर्तामोड । बीरता लेडी जेसीजको पद हस्तान्तरण मंगलबार सम्पन्न भएको छ । वर्ष २०२३ का लागि संगीता गिरीलाई जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण भएको हो ।
जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल सहित पूर्व अध्यक्षहरु र सन् २०२२ कि अध्यक्ष संगीता चिमरियाले जेसीज चेन संयुक्त रुपमा गिरीलाई पहिर्याएका थिए ।
।
मेनुका ओलीको स्वागत रहेको कार्यक्रममा जेसीज आस्था वाचन प्रियङ्का उप्रेती र मिसन भिजन सेलिषा उप्रेतीले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा रहेको थियो । पदभार ग्रहण गरेसंगै अध्यक्ष गिरीले महासचिवमा निशा शाक्य, कानूनी सल्लाहकारमा युनिता दवाडी र कोषाध्यक्षमा सुमित्रा भट्टराईलाई मनोनयन गरेकी छिन् ।
वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले स्थापना गरेको यज्ञ तिर्थ अवर्ड कृपा पौडेललाई प्रदान गरिएको छ । जेसीज अफ द एयर श्रेयसी चौधरीलाई प्रदान गरिएको थियो ।
त्यस्तै राष्ट्रिय उपाध्यक्षमा निर्वाचित स्वस्तिका आचार्यलाई वधाई सहित सम्मान र नयाँ सदस्यलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल , प्रहरी उपरीक्षक दुर्गा रेग्मी, बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन वुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।







