झापा । जिल्ला बाल संजाल झापाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरपालिका वडा नम्बर २ को समन्वयमा आयोजित कार्यक्रममा संघ संस्थामा बालबालिकाको भूमिकाका विषयमा अन्तरक्रिया गरिएको उपाध्यक्ष भावना पोख्रेलले जानकारी दिईन् ।
अध्यक्ष अभिषेक मिश्रको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष प्रताप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तरक्रिया कनकाई,शिवसताक्षी ,कमल,भद्रपुर,लगायतका विभिन्न पालिकाका बालबालिकाको सहभागीता रहेऊ थियो ।
कार्यक्रमका प्रमुख अतिथी राईले बालबालिकाको हितमा आफू निरन्तर कृयाशिल हुने र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले बाल सहभागीलाई आफ्नो वडाले महत्त्वका साथमा प्राथमिकता दिने र आगामी दिन बालबालिकालाई लगानी गर्ने अभियान संचालन गर्ने बताए ।
बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले सहजीकरण गरेको कार्यक्रमको संचालन अश्लेशा कडेलले गरेकी थिइन् ।







