झापा । नेपाल बाल बिकास शिक्षकहरुको दोश्रो अधिबेशन आज (शुक्रबार ) सम्पन्न भएको छ।
बिर्तामोड ३ स्थित महेन्द्र रत्न माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईले गरेकी थिइन् । 
उपाध्यक्ष लक्ष्मी नेपालले स्वागत गरेको कार्यक्रममा अध्यक्ष देबिमाया नेपाल बस्नेतको अध्यक्षता रहेको थियो भने सचिब कल्पना खड्काले प्रकाश पारेकी थिइन् ।
अध्यक्ष बस्नेतले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै बाल शिक्षकको समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायलाई आग्रह गरिन । 
कार्यक्रममा प्राथमिक तहमा बढुवा भएका कल्पना खड्का ,गिता खड्का र जनप्रतिनिधिमा निर्वाचित चन्द्रा तामाङ लाई सम्मान गरिएको बिर्तामोड नगर अध्यक्ष बिन्दा बुढाथोकीले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बाल शिक्षिका र महिला स्वयंसेवकको समस्या आफुले नजिकबाट नियालेको भएपनी विभिन्न समस्याले सोछे जस्तो सम्बोधन गर्न नसकेपनी अन्य पालिका भन्दा बिर्तामोड नगरपालिकाले केही राहत प्रदान गरेको बताइन् ।

बाल बिकास केन्द्रिय सदस्य चित्रा भट्टराई ,राष्ट्रिय शिक्षक महासंघ जिल्ला अध्यक्ष नेत्र प्रसाद खरेल,सचीव लम्बोधर पौडेल , बिर्तामोड अध्यक्ष युवराज कट्टेल,बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा बाल शिक्षिकाहरुले संघीय सरकार देखि प्रदेश,नगरपालिका लाई समस्या राखेपनी सम्बोधन नभएको गुनासो राखेका थिए ।

पुनः देबिमाया नेपालको अध्यक्षतामा बाल बिकास शिक्षकको कार्य समिती समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा लक्ष्मी नेपाल ,सचिब कमला बस्नेत ,सह-सचिब प्रतिमा राई,कोषाध्यक्ष गंगा सिम्खडा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बिन्दा बुढाथोकी ,बिन्दा बस्नेत ,सुनिता राई,सीता श्रेष्ठ ,भगवती भण्डारी ,मिना गौतम ,सीता पोख्रेल ,तारा मैनाली र कन्चन लुइँटेल चयन भएका छन् ।







