झापा । कम्वोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको सवलाई मंगलबार पछि नेपाल ल्याईने भएको छ ।
गत मंगलबार उनी बसेको होटलमा आगलागी भएको थियो । आगलागीबाट बच्न उनी होटलको माथिल्लो तलाबाट हाम फालेका थिए । उनको सबलाई मंगलबार पछि नेपाल ल्याउने तयारी भएको मृतकका भाइ निश्चल पाण्डेले जानकारी दिए ।
मृतक बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन् ।
उनले आफू रहेको होटलमा आगलागी भएको र बाँच्ने आशा कम रहेको भन्दै घरपरिवारमा भिडियो कुराकानी समेत गरेका थिए ।
थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
Advertisement







