कम्वोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका एकजना नेपालीको समेत मुत्यु भएको छ।
घटनामा परी झापा बिर्तामोड १ का निराकर पाण्डेको पनि मुत्यु भएको हो ।
उनी बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन् ।
थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।
पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार राति अबेर लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेको जनाईएको छ ।
Advertisement







