बिर्तामोड । रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोलको स्वास्थ्यमा सुधार आएको छ ।
बीएण्डसी हस्पिटलमा उपचाररत अनमोलको स्वास्थ्यमा सुधार आएको उनका श्रीमान् देबेन्द्र प्रसाईले जानकारी दिए ।
मंगलबार बिहान ११.४५ बजे बिर्तामोडको सिटी सेन्टर अगाडिको पूर्व–पश्चिम राजमार्गमा बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५ प ९१४० नं.को स्कुटीलाई दुईवटा सवारी साधनले ठक्कर दिएका थियो ।
Advertisement







