बिर्तामोड -झापाको चारपानेस्थित एकता स्पाेर्टिङ क्लवलाई ३८ हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरिएको छ । अमेरिकामा बस्दै आएका अभिजित राईले परिवारमार्फत क्लवलाई खेल सामग्री उपलब्ध गराएका हुन् । 
वीर अमरसिंह माध्यमिक बिद्यालयको प्राङ्गणमा आइतबार आयाेजित कार्यक्रमका बीच राईका बाबु अभिमानले ती खेल सामग्री क्लवलाई हस्तान्तरण गरेका छन् ।
राई एभरेस्ट लायन फ्रेन्डसीप एशोसिएसन अफ अमेरिकामा आवद्ध छन् । उनले सासुआमा स्व. सीताजीको स्मृतिमा ती खेल सामग्री पठाएका हुन् ।
बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पाैडेलकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राईले १२ वटा फुटबल, ३४ जाेडी जर्सी र चेञ्जिङ बाेर्ड क्लवका अध्यक्ष किरण पाैडेललाई हस्तान्तरण गरेका छन् ।
क्लवका महासचिव सुशील थापाले सञ्चालन गरेकाे कार्यक्रममा वडा सदस्य चेतन विमली, क्लवका सदस्य लक्ष्मीप्रसाद घिमिरे, शिक्षा सहकारी संस्था अध्यक्ष सुब्रत न्यौपाने ,क्लवका सल्लाहकार गोविन्द गिरी लगायतको सहभागिता रहेको थियो ।यस अघिपनी परिवर्तन सिकाई केन्द्रले पनि बालबालिका लाई सामाग्री हस्तान्तरण गरेको थियो ।हाल सो फुटबल प्रशिक्षणमा ९५ जना बालबालिकाले सहभागी जनाईरहेको क्लबका अध्यक्ष पौडेलले जानकारी दिए ।







