झापा । मेचीनगर १३ चारआली जंगलमा अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती मृत भेटिएका छन् ।केही दिन अधि देखि सम्पर्क बिहिन भएका उनिहरुको सोमवार दिउँसो उनीहरुको शव चारआली जंगलमा भेटिएको थियो ।
इङनाम दम्पत्तिले झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ । दुवैको शव भुइँमा भेटिएको प्रहरीले जनाएको छ । पुरुषको घाँटीमा भने डोरी फेला परेको थियो ।
अनुहार र शरीर कालो भइसकेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।
Advertisement







