झापा २९ मंसिर । हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन १७ सदस्यीय समिति गठन गरिएको छ। 
आज बिर्तामोडमा पत्रकार भेटघाट मार्फत समितिले सबैमा सहयोगका लागि अपिल गरेको छ। योगेश जिताउ अभियान सफल बनाउन समितिका सल्लाहकार प्रकाश लिङ्देनले आग्रह गरे । बिर्तामोड–४ का मगरलाई जिताउन अभियानले जिल्लाका विभिन्न स्थानमा स्थानीय कलाकारको साथ लिएर सहयोग संकलन गरिरहेको संयोजक राहुल राईले जानकारी दिए ।
झापाली माटोमा जन्मिएका एक आशा लाग्दो कलाकारलाई जिताउनु हामी सबैको साझा दायित्व भएको संयोजक राईले आव्हान गरे ।
मगरलाई जिताउन भोटिङका लागि खल्ती एपबाट कोड नंं. १२ मा निःशुल्क र सशुल्क भोट गर्न सकिने युनाइटेड युथ क्लबका सल्लाहकार लिङ्देन बताए ।
पन्छी एण्ड सनब्रस्ट ब्याण्डका मुख्य गायक योगेशले झापाका अधिकांश क्लब÷पब मा सांगीतिक प्रस्तुती दिइसकेका छन् । आफ्नै आत्मबल र स्व-अध्ययनबाट गायन क्षेत्रमा स्थापित हुँदै गएका योगेश एक संघर्षशील युवा हुन् ।
पत्रकार सम्मेलनमा जिताउ अभियानका सदस्यहरु आशा गुरुङ ,बिशाल अग्रवाल लगायतको उपस्तिथि रहेको थियो।
उनी मध्ये सबैभन्दा कान्छो प्रतिस्पर्धी रहेकोले आम युवा विद्यार्थीले भोट गरि मगरलाई जिताउन आग्रह गरिएको छ ।







