२४ मंसिर, झापा । मेन्स रूम रिलोडेड (एमआरआर) ग्रुपले आफ्नो ११ औँ बार्षिकउत्सवको अवसरमा झापाको अर्जुनधारा नगरपालिका ६ मा रहेको “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र“ मा खाद्यान्य तथा लत्ताकपडा वितरण गरेको छ ।
शनिबार यहाँ आयोजना भएको कार्यक्रममा १० अपाङ्ग बालबालिकालाई टोपि ज्याकेट त्यसैगरी खाद्यान्य र फृज वितरण गरेको छ । यस बाल आश्रममा रहेका बालबालिकाको दैनिक खानपान, शिक्षा लगायतको आधारभुत आवशयक्ता पुरा गर्न समेत धौधौ परिरहेको जानकारि पाएपछि मआरआर आबद्ध सदस्यबाट सहयोग गरिएको एमआरआर सदस्य सुबोध बुढाथोकीले बताउनुभयो । मआरआर ग्रुपले यसअघि रक्तदान गर्नुुका साथै, असहाय अपाङग बालबालिकाहरुलाई सहयोग गरिसकेको छ भने आगामि दिनमा आवश्यकता अनुसार सामाजिक कार्य गदै जाने बुढाथोकिले बताउनुभयो ।
एमआरआर ग्रुपलाई फेसबुकमा मात्र सिमित नराखि स्थानिय तहसँग पनि सहकार्य गरेर अघि बढ्ने दमकका मआरआर सदस्य मदन सापकोटाले जानकारी दिनुभयो ।
सहयोगका कार्यक्रम सञ्चालन गर्दा स्वतस्फुर्त रुपमा गर्ने, कसैबाट सहयोग नलिने एमआरआर सदस्य सरोज खरेलले बताउनुहयो ।
केहि समय अघिमात्र युवाहरूको ठूलो संख्याले फलो गर्दै आएको एमआरआर ग्रुपलाई फेसबुकले ’कम्युनिटी गाइडलाइन्स’ उलंघन गरेको भन्दै निष्कृय बनाइदिएको थियो ।
‘एमआरआर’ ले गर्यो खाद्यान्य तथा लत्ताकपडा वितरण
‘एमआरआर’ ले गर्यो खाद्यान्य तथा लत्ताकपडा वितरण
Advertisement
तपाईको प्रतिक्रिया







