झापा । बिर्तामोड स्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परीवारले मासिक रचना बाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
मनकामना कलेज बिर्तामोडमा २०७२ सालमा स्थापना गरिएको साहित्यक परीवारले निवर्तमान कार्यसमितिलाई बिदाई गरि नयाँ कार्यसमितिलाई सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षक विष्णु लामिछाने, संस्थापक अध्यक्ष सिएम ढुङगेल पुर्व अध्यक्ष संगिता कोइराला, निवर्तमान अध्यक्ष हरीकृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

मनकामना कलेजको विभिन्न संकायमा अध्ययन गर्ने २ सय भन्दा बढीे विद्यार्थीको सहभागितामा विभिन्न सष्ट्राहरुले रचना बाचन गरेका थिए । समुहकी अध्यक्ष प्रींयका उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १७ विद्यार्थीले रचना बाचन गरेका थिए ।
संरक्षक कुमार थपलियाले लेख्ने अभ्यासलाई व्यावसायिक बनाउन आग्रह गरे । कार्यक्रमको औचित्यमाथी अध्यक्ष प्रींयका उप्रेतीले प्रकाश पारेकी थिइन् ।
निवर्तमान अध्यक्ष भण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रमको संञ्चालन संस्थाका सचिव तथा सञ्चारकर्मी भरत प्रसाईले गरेका थिए।
समितिको उपाध्यक्षमा पुर्णिमा दाहाल, सह सचिव, देव बास्कोटा,कोषाध्यक्ष आइस्का कार्की,सदस्यहरुमा मेघा लिम्बु ,मन्जिला ढकाल,सुजन कठेत, बिरु दर्नाल, स्शान्त नेपाल र जेनिशा खत्रि चयन भएका छन् ।







