७ मंसिर, झापा । झापा क्षेत्र नं २ को प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २२९७ मतले पराजित ग २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत पाएका छन् ।
त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका हरि रानाले १३ हजार ७१४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । चौथो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ओगटेका छन् । उनको मत संख्या ८ हजार ४२४ हो । झापा २ मा ८४ हजार ५८९ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । जसमध्ये ५ हजार ४९६ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिएका छन् ।
Advertisement







