३० कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालेका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो पहिलो खेलमा नेपाललाई जित दिलाएका हुन ।
Advertisement







