झापा, कात्तिक । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका डम्बर गिरी लाई युवाहरुको प्रतिनिधित्व गर्न आग्रह गरेका छन् ।
सोमबार भद्रपुरमा आयोजित युवा नेतृत्व र पुस्ता हस्तान्तरणमा युवाहरूको भूमिका विषयक भेटघाट कार्यक्रममा सहभागी युवा विद्यार्थीहरुले सो आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै सूर्यमुखी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार गिरीले झापा ३ बाट उम्मेदवार बनेका नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट यस क्षेत्रको विकास सम्भव नरहेकोले अब युवाहरूले नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
पूर्व एमाले नेता समेत रहेका गिरीले भने, ‘उहाँहरू क्षेत्र विकासभन्दा पनि आफ्नो व्यक्तित्व र पार्टी विकास गर्नेतर्फ बढी ध्यान दिएको आरोप लगाए ।’
मंसीर ४ गते हुने निर्वाचनपछि यस क्षेत्रबाट आफूले निर्वाचन जित्ने दाबी गर्दै उनले भने, ‘म एमालेको संरचनाबाट उदाएको मान्छे हुँ, एमालेका साथीले मलाई अत्यधिक माया गर्नुहुन्छ, एमालेबाट मैले ७० देखि ८० प्रतिशत मत पाउने विश्वास गरेको छु ।’ 
३० वर्षमुनिका मतदाताहरु यस क्षेत्रमा ५० हजारभन्दा बढी छन् । ‘ती युवाहरूको मत मैले पाउनेमा म विश्वस्त छु,’ उनले भने ।‘यस क्षेत्रमा हजारौँलाई रोजगारी दिने मोमेन्टो गार्मेन्ट उद्योग किन बन्द भयो । भद्रपुरमा मेची पुल बन्यो तर भन्सारको स्तरोन्नति किन हुन सकेन । मेची अस्पतालको अवस्था पनि बिरामीजस्तै दयनीय बन्दै गएको छ । मेची क्याम्पसमा किन प्राविधिक विषय पढाउने बाताबरण नबन्नु ,ब्यक्तिले संचालन गरेको अस्पताल बिश्व चर्चित हुने अनि राज्यले लगानी गरेको चै गुमनाम हुने भन्दै युवाको नेतृत्व बाट उदाएर बिकासको पहरेदार बन्ने उद्घोष गरे।







