• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

टप कलेजले पत्याएनन् एसइईको नतिजा, भर्ना हुन कक्षा ८ र ९ को नतिजा मागे


  •    संवाददाता/ शुक्रबार, भदौ १९, २०७७  

  • काठमाडौं । नेपालका टप कलेजहरु एसइईको नतिजालाई आधार मानेर कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने प्रकृयामा परिवर्तन ल्याएका छन् ।
    कलेजहरुले भर्ना प्रकृयाको लागि कक्षा ८ र ९ को नतिजा पनि मागेको पाइएको छ । नेपालको टप कलेजको रुपमा रहेको माइतिघरस्थित सेन्ट जेभिएर कलेजले विद्यार्थीहरुलाई भर्ना हुनुअघि प्रवेश परीक्षा फारम भर्नको लागि पनि कक्षा ८ र ९ को नतिजा मागेको छ ।
    कलेजले पछिल्लो वर्षहरुमा भर्ना फारमको लागि एसईईको नतिजा मात्र माग्ने गरेको थियो । बजारमा यस वर्षको एसइई नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहँदा नेपालकै टप कलेजहरुले पनि यस वर्षको नतिजामा प्रश्न उठाएका देखिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण यस वर्षको एसईई परीक्षाको नतिजा विद्यालयले दिएको आन्तरिक मुल्यांकनको आधारमा निकालिएको हो । यस वर्ष देशभर ४ लाख ८२ हजार २१९ जना विद्यार्थीहरुले एसइई तयारी गरेको थिए । चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोभिड १९ का कारण परीक्षा आउनु एकदिन अगाडि मात्र स्थगित गरिएको थियो । भदौ १ गते सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही साँझ एसइईको नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएसँगै निकै टिपाटप्पणी भए । धेरैले परीक्षा नदिई दिएको नतिजा पनि के नतिजा लगायत अभिभावकले घुस खुवाएर अंकहरु बढि दिन लगाइएको आरोपहरु आए ।
    यसले हाम्रो समाजमा ३ घण्टे परीक्षाको स्थान कहाँ छ भन्ने पनि देखाउँछ । वर्षौसम्म विद्यालयहरुले आन्तिरक मुल्यांकनको आधारमा नतिजा प्रकाशित गररहँदा कहिले कतैबाट पनि प्रश्न नउठेको अवस्थामा अन्तिम वर्षको परीक्षामा भने प्रश्न उठेको छ । सधैं एसईईको नतिजा आईसकेपछि कक्षा ११ का भर्नाहरु धमाधम खुल्ने गरेसँगै यस वर्ष कोरोनाको कारण भर्नाहरु कहिले लिने भन्ने टुँगो नलागेको कारण कलेजहरुले अहिले प्रवेश परीक्षाको लागि अनलाईन मार्फत विद्यार्थीहरुलाई फारमहरु भराईरहेका छन् । कतिले भने विद्यार्थीहरुसँग प्रि रजिस्ट्रेसन भन्दै शुल्कहरु लिन थालिसकेका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.