७ कार्तिक, बैगुनधुरा । बैगुनधुरामा सञ्चालित दोश्रो खुल्ला नकआउट फुटबलको उपाधी शनिश्चरे फुटबल क्लवल जितेको छ । बैगुनधुरा स्थित अमर माविको खेल मैदान सोमबार सम्पन्न फाईनलमा जहदा फुटबल क्लवलाई २-० ले हराउँदै शनिश्चरे च्यापियन बनेको हो । निकै प्रतिस्पर्धात्मक बनेको फाईनल खेलमा शनिश्चरेका लागि निमा लिम्बू र अभिसेक बुढाथोकीले १/१ गोल गरे । उपाधीसगैँ शनिश्चरेले ५१ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको बजहदा एफ सिले ३१ हजारमा चित्त बुझायो ।
फाईनल खेलको म्यान अफ द म्याच शनिश्चरेका निमा लिम्बु बने, उनलाई समय संजाल मिडियाका तर्फबाट सम्पादक सृजन घिमिरेले नगद सहित पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका सर्बोत्कृस्ट खेलाडी सनिश्चरेका देबेन्द्र तामाङ घोषित भए । गतिशील युवा क्लव बैगुनधुराको आयोजनामा गत कार्तिक १ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ८ टोली सहभागी भएको आयोजकले जनाएको छ । 
जहदालाई हराउँदै शनिश्चरे बन्यो च्याम्पियन, देबेन्द्र तामाङ बने प्रतियोगिताका उत्कृष्ट खेलाडी
जहदालाई हराउँदै शनिश्चरे बन्यो च्याम्पियन, देबेन्द्र तामाङ बने प्रतियोगिताका उत्कृष्ट खेलाडी
Advertisement
तपाईको प्रतिक्रिया







