कल्चर आर्ट फाउन्डेसन तथा शिवसताक्षीका स्थानीय युवाकाे सक्रियता र आयाेजनामा भएका बृहत शिवसताक्षी बहुसांकृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ ।
कल्चर आर्ट फाउन्डेसन तथा शिवसताक्षीका स्थानीय युवाकाे सक्रियता र शिवसताक्षी नगरपालिकाकाे सहयाेगमा कार्तिक ५ गते दुधे स्थीत जनजाति भवनमा कार्यक्रम सम्मपन्न भएकाे हाे ।
शुभ दिपावली तथा छैठ पर्वकाे विशेष अवसरमा सम्पन्न भएकाे कार्यक्रमा शिवसताक्षी नगर क्षेत्रभित्र रहेका करिव १० जातीकाे परम्परागत भेषभुसासहितकाे नृत्य प्रस्तुत गरिएकाे थियाे भने अन्य स्थानिय कालाकार सानाहाङ्ग लिवाङ्ग , निरज पाेख्रेल,भुपु लिम्बू, रेवत खनाल ,यदुनाथ दहाल लगायतका कालाकार तथा अन्य स्थानिय प्रस्ताव ब्याण्डले कार्यक्रममा बेग्लै रौनक थपेकाे थियाे ।
कार्यक्रमकाे अध्यक्षता कल्चरआर्ट फाउण्डेसनका अध्यक्ष अमन गुप्ताले गरेका हुन भने संयाेजककाे भुमिका सुजन भण्डारीकाे रहेकाे थियाे। कार्यक्रमा शिवसताक्षी नगरपालिकाका मेयर राेशन थाेप्रकाे पनि उपस्थिती रहेकाे थियाे । प्रमुख अतिथिका रुपमा आफ्नाे मन्तब्य राख्दै थाेप्रले कार्यक्रमका विषयमा आफ्नाे भनाई रखेका हुन । उनले शुभदिपावली तथा छैठ पर्वकाे शुभकामना दिदै यश कार्यक्रमकाे आफ्नाे बेग्लै अौचित्य रहेकाे कुरा आफुले राम्राेसंग बुझेकाे बताएका हुन । याे कार्यक्रमकाे कुरा लिएर आयाेजककाे टिम आफुकहाँ कार्यक्रमकाे प्रस्ताव लिएर जाँदा यसलाई सार्थक बनाउन नगरले पनि सहयाेग गर्नु पर्छ भन्ने लागेर नगरबाट पनि सहयाेग जुटाउने वाचा गरेकाे कुरा बताए ।त्यस्तै विशिष्ट अतिथिकाे आतिथ्यता ग्रहण गरेकि नगर उप प्रमुख नरमाया कार्कीले विभिन्न जाती मानिसकाे बाहुल्यता रहेकाे यश नगरमा सवै जातिलाई एकैठाउ उभ्याउनु र जातीय प्रवर्धनका रुपमा यस्ताे कार्यक्रमकाे आयाेजना आफैमा ठुलाे र गर्वलाग्दाे कुरा भएकाे जनाइन ।
जातीय प्रवर्द्धनका निम्ति आयाेजना गरिएकाे कार्यक्रममा राजनीतिक स्वार्थाका कारण कार्यक्रम लाईकेही व्याक्तिहरुबाट चुनाव केन्द्रीत भनेर आराेप लगाईएता पनि उक्त आराेपकाे खण्डन गर्दै कार्यक्रम निश्पक्ष ढङ्गले सम्पन्न गर्न सफल भएकाे आयाेजक पक्षकाे दावी छ ।
शिवसताक्षीमा पहिलाेपटक बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न
शिवसताक्षीमा पहिलाेपटक बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया







