६ कार्तिक, बैगुनधुरा । उर्लाबारी फुटबल क्लव मोरङ माथी ३-० को सहज जित निकाल्दै शनिश्चरे फुटबल क्लव झापा बैगुनधुरामा जारी दोश्रो आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गौरादह-९ बैगुनधुरा स्थित अमर माविको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा शनिश्चरेले उर्लाबारीलाई हराएको हो ।
शनिश्चरेका लागि प्रभावशाली प्रदर्शन गरेका पुजन उपरकोटी खेलको म्यान अफ द म्याच चुनिए । अब उपाधीका लागि शनिश्चरेले जहदा फुटबल क्लव मोरङसँग भोली प्रतिस्पर्धा गर्नेछ । खेल भोली दिउँसो ३ बजे हुने आयोजक गतिशील युवा क्लवले जनाएको छ ।
Advertisement







