४ कार्तिक, बैगुनधुरा । ईटहरी एफसी सुनसरी माथी फराकिलो जीत निकाल्दै शनिश्चरे एफसी झापा बैगुनधुरामा जारी दोश्रो खुल्ला आमन्त्रित नक आउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको गौरादह ९ बैगुन्धुरा स्थित अमर माविको खेल मैदानमा आज भएको खेलमा शनिश्चरेले इटहरी माथी ४-० को प्रभावशाली जित निकालेको हो ।
आज को खेलमा म्यान अफ द म्याच शनिश्चरेका प्रदिप बुढाथोकी घोषित भए । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमीफाईनल खेल जहदा एफसी मोरङ र केर्खा एफसी झापा बिच दिउसो ३ बजे हुने आयोजक गतिशील युवा क्लवले जनाएको छ ।