कल्चर आर्ट फाउण्डेसन र दुधेका युवाकाे सक्रियतामा १ दिवसीय बृहत् साँस्कृतिक कार्यक्रम-२०७९ सम्पन्न हुने भएकाे छ । शिवसताक्षी नगर क्षेत्रभित्र रहेका जातजातिको साँस्कृतिक पहिचान झल्काउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । भाेलि कार्तिक ५ गते दिनकाे १ बजेबाट कार्यक्रम हुने निश्चित भएकाेकुरा आयाेजक पक्षका सदस्य सचिन श्रेष्ठले जनाए ।
चुनाव नजिक आइरहेकाे समयमा कार्यक्रम गर्दा जनमानसमा चुनाव केन्द्रित कार्यक्रम हाे कि भन्ने भ्रम रहेपनि याे कार्यक्रम सांस्कृति प्रवर्द्धनकालागि गर्न लागिएको र याे कुनै राजनीतिक दल विशेष कार्यक्रम नरहेकाे कार्यक्रम आयाेजना समितिका अर्का सदस्य माेतिलाल लक्समले जनाएका छन ।
कार्यक्रमकाे याेजना बनेपछिका यावत समस्याकाे समाधानका निमित्त शिवसताक्षी नगर र नगरक भित्रका वडाहरुकाे सहयाेगले कार्यक्रम गर्न अझ हाैसला प्रदान भएकाे कुरा कार्यक्रमका संयाेजक सुजन भण्डारीले जनाएका छन ।
कार्यक्रममा प्रस्तुत गरिने नृत्यभने नगर क्षेत्र भित्रका मावि तहका विध्यालयमा गएर स्थानीय विध्यार्थीलाई सिकाएर प्रस्तुतीकालागि तयार पारिएकाे कुरा कल्चर आर्ट फाउन्डेसनका अध्यक्ष अमन गुप्ताले जनाए । गुप्ताका अनुसार कार्यक्रममा नेवार,राई , गुरुङ्ग,मगर,तामाङ ,राजवंशी ,थारु,लिम्बू ,संथाल लगायतका जातिको भेषभुषा सहित नृत्य प्रदर्शन हनेछ । साथै स्थानीय कालाकारलाई प्राथमिकतामा राखिएकाे छ । कार्यक्रमा स्थानीय कलाकार भुपु लिम्बू,सानाहाङ्ग लिवाङ र निरज पाेखरेलले संगितकाे जादु चलाउने छन भने स्थानीय व्याण्ड प्रस्तापकाे पनि प्रस्तुति रहेकाे छ। कार्यक्रमलाई सफल पार्न दुधेका व्यवसायी तथा विभिन्न संघ संस्थाकाे सहयाेग रहेकाे साथै फुडबल तथा कृकेट जस्ता खेलमा खेलाडिले लगाउने जर्सी उत्पादन गर्ने शिवसताक्ष नगरमा रहेकाे प्रख्यात एनि ब्राण्डकाे ठुलाे सहयाेग रहेकाे छ भने बिर्तामोडकाे (जेनियस मिडिया ) मिडिया पार्टनरकाे रुपमा रहेकाे छ । कार्यक्रम भाेली ठिक १ बजेवाट दुधे स्थीत जनजाति भवनमा सुचारु हुनेछ ।
दुधेमा १ दिवसीय बृहत् साँस्कृतिक कार्यक्रम-२०७९ सम्पन्न हुने
दुधेमा १ दिवसीय बृहत् साँस्कृतिक कार्यक्रम-२०७९ सम्पन्न हुने
Advertisement
तपाईको प्रतिक्रिया







