• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाको कनकाईमा बजार अनुगमनका क्रममा अखाद्य वस्तु फेला


  •    संवाददाता/ शुक्रबार, कार्तिक ०४, २०७९  

  • झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा बजार अनुगमन गर्दा ६ वटा व्यवसायिक स्थलमा व्यापारीहरूले म्याद गुर्जिएका खाद्यवस्तुहरू बिक्री गर्न राखेको भेटिएपछि उक्त खाद्यवस्तुलाई जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि र समाजिक संघ संस्थाहरूका प्रतिनिधि सहितको अनुगमन टोलीले ति पसलहरूमा अनुगमन गर्दा अखाद्य बस्तुहरू फेला परेको थियो ।अनुगमन गरेका पसल हरुमा धेरै म्याद गुज्रिएका, अधिकास पसलमा मापदण्ड बिपरित रहेकोे पाईएको कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
    अनुगमनका क्रममा डिपार्टमेन्ट स्टोर , किराना पसल, होटल ,औसधि पसल , मासुजन्य पदार्थ, मिस्टान्न भन्डार, फलफूल पसल , कोल्ड सेन्टर , सुनचाँदी पसल एवम् ब्युटि पालर र सैलुन लगाएयतको अनुगमन गर्दा विभिन्न म्याद गुज्रिएका तथा अखाध्य सामाग्री संकलन गरि नस्ट गरिएको नगरप्रमुख राजेन्द्र कुमार पोख्रेलले जानकारी दिए ।
    अनुगमन टोलीले सतासी बहुमुखी सहकारीद्वारा सञ्चालित मार्टबाट म्याद गुर्जिएको २१४ प्याकेट पापड, न्यु चिल्ली रेष्टुरेन्टबाट थुक्पा, जयमाता पाथिभराबाट चिसो पिय पदार्थ र बिस्कुट, कनकाई फलफूल पसलबाट बिस्कुट तथा रसवरी र वुष्ट त्यसैगरी भान्जा स्टोरबाट ५ प्याकेट काजु, प्रमोद स्टोर्स बाट ४ प्याकेट फ्राइ मटर बरामद गरिएको घरेलु तथा साना उद्योग भद्रपुरका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
    चाडपर्वकै विचमा यस आर्थिक वर्षको पहिलो चरणमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराई, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा,सरकारी कार्यालय साथै स्थानीय निकायका प्रतिनिधि, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेसहित नगरपालिकाका अन्य कर्मचारी, आन्तरीक राजस्व कार्यालय झापाका विशाल काफ्ले कनकाई ३ का वडाअध्यक्ष युवराज चौलागाईं , वडा न ७ का अध्यक्ष भिस्म भुसण सिटौला,वडा न १ का अध्यक्ष शुसिल कुमार पोख्रेलका साथै ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर जिम्बा, कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलासहित अन्य पदाधिकारी, संचारकर्मी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको नगरप्रमुख पोख्रेलका सोकिय सचिव विजय पाठकले जानकारी दिए।
    अनुगमन टोली बजार प्रवेश गरेसँगै सुरुङ्गा बजार क्षेत्रका अधिकांश पसलहरु तत्काल बन्द भएका कारण बजार क्षेत्रमा अनुगमनलाई थप तिब्रता दिनु पर्नेमा जोड दिइएको छ । व्यवसायीहरुले पालना गर्नु पर्ने विधि र प्रक्रिया पूरा गरी निर्धक्क भएर व्यवसाय संचालन गर्न कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले आम व्यवसायीहरुलाई आग्रह गरे । अनुगमन टोलीबाट त्रसित बनेका व्यवसायीहरुलाई वडाअध्यक्ष चम्लागाईँले सहज वातावरणमा व्यवसाय संचालन गर्न अनुरोध गरे।
    विशेष गरि चाडपर्वको बेला धेरै ग्राहकहरू पसलहरूमा किनमेलमा जाने हुँदा सोही भिडभाडको मौका छोपेर ब्यापारीहरूले म्याद गुर्जिएका खाद्यवस्तुहरू बिक्री गर्ने गरेको गुनासोहरू धेरै आउने गरेर र बजार अनुगमनलाई तीब्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालल बताए ।
    अनुगमनका क्रममा डिपार्टमेन्ट स्टोर , किराना पसलमा भेटिएका अखाध्य सामाग्री नस्ट गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
    धेरै जस्तो सामानमा उत्पादन तथा इस्पायड मिति नभएकाले ति सामाग्री नस्ट गरिएको त्यस्तै विभिन्न पसलको नापतौल तलमाथि भए नभएको , पसलमा इजाजत पत्र, सुग्घर सर सफाई रहे नरहेको ,होटल तथा मिस्टान्न भणडारमा खानतयार भएका खाध्य सामाग्री र खाना बनाउने ठाउको समेत अनुगम गरि मापदण्ड बिपरित रहेका सामाग्री नस्ट गरि एक पटक लाई सचेत गराएको र दोश्रोपटक पनि अटेरी गरिएको पाईए कडा कार्बाहि गरिने समितिका सयोजक एवम् झापाका सहायक प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।
    सुरुङ्गा बजार बाट सुरुगरिएको अभियान चाडैं नै कनकाई नगरका अन्य कनकाई ९ मा रहेको घैलाडुब्बा , ८ को लक्ष्मीपुर बजार त्यस्तै ७ को दुर्गापुरमा पनि चाडैं अनुगमन हुने नगरप्रमुख पोख्रेलका सोकिय सचिप पाठकले जानकारी दिए।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.