३ कार्तिक, बैगुनधुरा । सैनिक एफसी बिर्तामोडलाई हराउँदै जहदा एफसी बैगुनधुरामा जारी दोश्रो खुल्ला आमन्त्रित नक आउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको गौरादह ९ बैगुन्धुरा स्थित अमर माविको खेल मैदानमा आज भएको तेश्रो खेलमा जहदाले सैनिक माथी २ । १ को संघर्षपूर्ण जित निकालेको हो ।
आज को खेलमा म्यान अफ द म्याच जहदाका आसिस राइ घोषित भए । प्रतियोगिता अन्तर्गत भोलिको खेल शनिश्चरे एफसी झापा र इटहरी एफसि सुनसरी बिच दिउसो ३ बजे हुने आयोजक गतिशील युवा क्लवले जनाएको छ ।
Advertisement







