२ कार्तिक, बैगुनधुरा । कृकस एफसी दमकलाई ६-० को फराकिलो अन्तरमा हराउँदै उर्लाबारी एफसी बैगुनधुरामा जारी खुल्ला आमन्त्रित नक आउट फुट्बल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको गौरादह ९ बैगुन्धुरा स्थित अमर माविको खेल मैदानमा आज भएको दोश्रो खेलमा उर्लाबारीले दमकमाथी सहज जित निकालेको हो ।
आज को खेलमा म्यान अफ द म्याच उर्लाबारीका सक्सेस राइ घोषित भए । उनलाई नेपाल बैक लिमिटेड इटहरीका मेनेजर योगेश भट्टराईले २ हजार नगद सहितको पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत
भोलिको खेल सैनिक एफ सि झापा र जहादा एफ सि मोरङ बिच दिउसो ३ बजे हुने आयोजक गतिशील युवा क्लवले जनाएको छ ।
Advertisement







