गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।
गौरादह ८ बस्ने बिरन साहले अांफैले गोली हानी आत्महत्या गरेका हुन । उनले सुरुमा उनका भतिजा हेमराज शाहालाई गोलि हानेर र अाफुसंग भएकाे पेस्ताेलले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । घटना स्थल भन्दा ५० मिटर उतरमा रहेकाे लाल गेरिया खाेला किनारमा उनी मृत भटिएका हुन् ।
उनकाे साथबाट ११ राउण्ट गाेली समेत बरामत भएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पाेखरेलले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते १४ बर्षिय बालकलाई उपचारका लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको छ।
आत्महत्या गरेका बिरन साह पुर्व शसस्त्र प्रहरी रहेको जिल्ला प्रहरीले जनाएकाे छ ।
घटनाको प्रारम्भिक विवरण अनुसार अार्थिक लेनदेनका कारण भएकाे जनाईएकाे छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







