कनकाई,झापाको कनकाई नगरपालिका वडा नम्बर १ को सहजिकरण महिला समुहको आयोजनामा उद्घोषण तथा माइन्यूट लेखन बिषयक चारदिने तालिम आज( मंगलबार)सम्पन्न भएको छ ।
समुहको आयोजना तथा कनकाई नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा गत शनिवार बाट शुरु भएको तालिमको उद्घाटन तथा समापन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले गरेका थिए ।४० जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीले सहजीकरण गरेका थिए । समुहकी अध्यक्ष लीलादेबी प्याकुरेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख आतिथ्य कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको रहेको थियो भने कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेलको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख पोखरेल, वडा न १ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, प्रजापति युवा क्लवका अध्यक्ष ईश्वर किरण सुवेदी, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, नमुना महिला समुहकि प्रतिनिधि गिता पुरि , प्रजापति सामुदायिक बनका कार्यवाहक अध्यक्ष दलबहादुर बिक वडा न १ कि महिला सदस्य निर्मला खड्कालगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रशिक्षयार्थिहरुको तर्फबाट शिरु तामाङ , शिजु खरेल, मिना खड्का, बालिका चौवान लगायतले बोलेका थिए।
कार्यक्रममा सहभागी प्रशिक्षयार्थिहरुलाई
प्रमाणपत्र प्रदान गरिएको थियोे ।
समुहकि सह- सचिब संगीता भुजेलले स्वागत गरिएको कार्यक्रमको सन्चालन समुहकी सचिव निर्मला बस्नेतले गरेकी हुन ।







