३१ असोज, झापा । झापाको गौरादह-९ बैगुनधुरामा दोश्रो खुल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिता भोलीदेखी सुरु हुने भएको छ । बैगुनधुरा स्थित अमर माविको खेल मैदानमा कार्तिक १ गते मंगलबार बाट सुरु हुने प्रतियोगिता ७ गतेसम्म चल्ने आयोजक गतिशिल युवा क्लवले जनाएको छ । झापा, मोरङ र सुनसरीका गरी ८ टोली सहभागी हुने प्रतियोगीताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गतिशील युवा क्लव बैगुनधुरा र केर्खा एफसी भोली दिउँसो २ बजे भिड्ने आयोजक समितिका सुबास दहालले जानकारी दिए ।
Advertisement







