असोज २४ बिर्तामोड । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ को प्रदेश `क´ का लागि नेता एकराज कार्की उम्मेद्बार बनेका छन् ।
लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका कार्की २०७४ को निर्वाचनमा पनि बाम गठबन्धन बाट निर्वाचित भएका थिए ।
नेपाली काङ्ग्रेसका लक्ष्मण खड्का लाई भारी मतान्तरले पराजित गर्दै कार्की बिजयी बनेका थिए ।
खासै चर्चामा नआउने तर गाउँ -गाउँका समस्या लाई जरैदेखि केलाउने र समस्याको समाधान गर्न माहिर छन् उनी ।
बालबालिका देखि वृद्ध -बृद्धा सम्म लोकप्रिय नेताको रुपमा छवि बनाएका कार्की गत निर्वाचनमा सांसद भएपछि स्कुल, कलेज,मन्दिर ,चर्च तथा जनता आभास कार्यक्रम मार्फत गरिब परिवारलाई घर निर्माण देखि बिकासका काममा सक्रिय रहेका थिए ।
तत्कालीन समयमा माओवादी केन्द्र,राप्रपा र एमालेको साझा उम्मेद्बार बनेका कार्की यस पटक भने एमाले र राप्रपाको गठबन्धन बाट प्रदेश सभा सदस्यको उम्मेद्बार बनेका छन् ।
एमालेका प्रदेश कमिटी इन्चार्ज देवराज घिमिरे प्रतिनिधि सभा सदस्य उम्मेद्बार बनेका छन् ।
एमाले क्षेत्र नम्बर २ प्रदेश `क´ मा पुनः कार्की उम्मेद्बार
एमाले क्षेत्र नम्बर २ प्रदेश `क´ मा पुनः कार्की उम्मेद्बार
Advertisement
तपाईको प्रतिक्रिया







