असोज ११ बिर्तामोड । झापाको बिर्तामोड ५ मा संचालित कुष्मा अमृत ग्रीन मार्ट र प्रथम आईटि सिष्टम बिच “लेखास्त्र” ईन्भेन्ट्री एण्ड एकाउण्टीङ सफ्टवेयरको व्यावसायीक सम्झौता भएको छ ।
मेनुअल प्रविधिबाट बिलिङ, स्टक तथा लेखा व्यवस्थापन लगायत कार्य गर्दै आईरहेकोमा ग्राहकलाई छिटो, छरितो सुविधा दिनुका साथै स्टक र लेखा व्यवस्थापन प्रभावकारी तरिकाबाट गर्नका लागि “लेखास्त्र” सफ्टवेयर प्रणाली अत्यन्तै प्रभावकारी पाईएकोले व्यावसायीक सहकार्य गरिएको मार्टकी प्रवन्ध निर्देशक चन्द्रकला अधिकारीले जानकारी दिईन् ।
साना–ठूला पसल, सहकारी पसल, मार्ट, डिपार्टमेन्ट स्टोर, स्टकिष्ट, कृषि फर्म लगायतका व्यापारीक फर्महरुमा स्टक तथा लेखा व्यवस्थापनको कार्यका लागि बनेको “लेखास्त्र” सफ्टवेयरले हिसाबकिताब राख्न र थोरै जनशक्तिमा धेरै काम निकाल्न सहज हुने आईटी कम्पनीका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले जानकारी दिए ।
सहकारी ,मार्ट लगायतका क्षेत्रमा प्रबिधिमैत्री सेवा दिन लेखास्त्रले सहज बनाउने र आवस्यकता अनुसार काम गर्न सकिने निर्देशक राजु श्रेष्ठले बताए ।
कुष्मामा “लेखास्त्र” प्रबिधिमा आकर्षित
कुष्मामा “लेखास्त्र” प्रबिधिमा आकर्षित
Advertisement
तपाईको प्रतिक्रिया







