• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षाको माइन्यूट प्रमाणिकरण


  •    संवाददाता/ मङ्गलबार, असोज ११, २०७९  

  • ११ असोज, झापा । झापाको बिर्तामोड–४ मा रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले १० औं बार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाको १० औं बार्षिक साधारणसभा अन्तरगत इकाईगत प्रतिनिधि छनौट गरी मंगलबार (आज) माइन्यूट प्रमाणिकरण र संस्थामा आबद्ध बिभिन्न बिधामा पुरस्कार तथा सम्मान गरेको हो । संस्थाका अध्यक्ष स्ब्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    संस्थाले दुहागढी सेवा केन्द्रका डिल्लीमाया बस्नेत, सदिप पाँचकोटी, सुभद्रा राजवंशी, युवराज न्यौपाने, शनिश्चरे सेवा केन्द्रका गंगाबहादुर भट्टराई, प्रनिश काफले, बिमला तामाङ, जीवन खनाल, धुलाबारी सेवा केन्द्रका सरस्वती दाहाल, यूनेश कार्की, मीना दनुवार र कृष्णप्रसाद कोइरालालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

    Advertisement

    त्यस्तै चैतुबारी सेवा केन्द्रका पुरनसिंह भुजेल, रुक्मा आचार्य, सोनम लिम्बू, दुर्गापुर सेवा केन्द्रका मञ्जुदेवी मामी, दीक्षा शिवाकोटी, रुक्मिणा न्यौपाने.सरोज गिरी, गायत्रीनाथ गिरी र बिर्तामोड कार्यालय अन्तरगत राजा खाँ पठान, रामप्रसाद मिश्र, रोशन ढकाल, संगीता रसाइली, जीवन लुईटेल, गीतादेवी तामाङ, महेश पाण्डेलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

    त्यसैगरी संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा दुर्गापुर सेवा केन्द्रका बजार प्रतिनिधि डिल्ली दाहाल र दुवागढी सेवा केन्द्रका प्रेमप्रसाद मिश्र र उत्कृष्ट प्रवद्र्धक बिर्तामोडका खड्गप्रसाद अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

    एसइइमा उत्कृष्ट बिद्यार्थी सम्मान अन्तरगत कुशल मिश्र अर्जुनधारा, इशा पोखरेल बिर्तामोड, लिजा घिमिरे बिर्तामोड र दिक्षा रानामगर मेचीनगरलाई सम्मान तथा पुरस्कृत गरेको छ भने एसइइमा उत्कृष्ट नतिजा ल्याउने संस्थाका कर्मचारीका छोराछोरी सविन न्यौपाने, रोशन सिलवाल र बिशेक बराललाई पनि सम्मान तथा पुरस्कृत गरेको छ ।

    ४ हजार ६१३ जना शेयर सदस्य रहेका रहेको संस्थाको शेयरपुँजी आर्थिक बर्ष २०७८÷०७९ सम्ममा ३ करोड ५१ लाख १९ हजार २०० रुपैयाँ रहेको अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाका ब्यवस्थापक दिपेश धौरालीका अनुसार ऋण लगानी १९ करोड ४२ लाख, कोषहरु एक करोड ७७ लाख ७७ हजार ५७० रुपैयाँ पुर्याएको छ भने आ.व २०७८÷०७९ मा ३० लाख १८ हजारबढी नाफा गरेको छ । त्यस्तै अघिल्लो बर्षको तुलनामा संस्थाले २९ प्रतिशतले कोषबृद्धि गरेको छ ।

    संस्थाले हाल दुर्गापुर, शनिश्चरे, धुलाबारी, धाइजन, चैतुवारी सेवा केन्द्र र बिर्तामोडस्थित प्रमुख कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न समुदायका सामुदायिक बिद्यालयका ५ जना बिद्यार्थीलाई कक्षा ६ देखि १० सम्म दायित्व लिने योजना बनाएको संस्थाको जनाइएको छ ।

    त्यस्तै संस्थाले सदस्यहरुलाई स्वास्थ्य उपचार अन्तरगत २ लाख रुपैयाँसम्म सहयोग गर्दै आएको, शिशु सहायता कार्यक्रम अन्तरगत सुत्केरी सदस्यहरुलाई १५ हजार, सर्पले डस्दा ५ हजार, सदस्यहरुलाई निःशुल्क रगत प्रदानलगायतका सेवा दिदै आएको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा छ । शिक्षा बहुउद्देश्यी सहकारी संस्थाको ब्यवस्थापनमा शिक्षा शिकोस निकेतन बिद्यालय समेत सञ्चालनमा रहेको छ ।

    संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक बिबेक डाँगी, नयाँ उज्यालो सहकारीकी अध्यक्ष सुश्मा पौडलेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

    कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा राई, चीजा राई, यज्ञप्रसाद मिश्रलगायतको सदस्य तथा लेखा र अन्य उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.