असोज १० बिर्तामोड । बिर्तामोड ४ को सयपत्री टोलले सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सप्पन्न गरेको छ ।
डेङ्गी फैलिदै गएको अवस्थामा आफ्नो गाउँ टोल सफा राखौं स्वस्थ बनौं भन्ने नाराका साथ सरसफाइ कार्यक्रम गरिएको टोल बिकास समितिका कोषाध्यक्ष सुजन थपलियाले जानकारी दिए

टोलमा रहेका ४ ओटा शाखा बाटो तथा आफ्नो टोल परिसर भित्र पर्ने पुरानो भद्रपुर र बुट्टाबारी रोड (रमाउतबारी बाट बुट्टाबारी निस्किने रोड) को पनि सरसफाइ गरिएको हो ।
टोलका ४ टीम बनाई बालबालिकाको अतिरिक्त क्षमता वृद्धि गर्नआगामी असोज २९ गते हाजिरीजवाफ कार्यक्रम लगायतका क्रियाकलाप गरिने बताइएको छ।
Advertisement







