• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वतन्त्र पार्टी झापाले प्रतिनिधिसभा उम्मेद्बार तोक्यो


  •    संवाददाता/ बिहिबार, असोज ०६, २०७९  

  • झापा, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ झापाबाट ४ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

    पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । सो पार्टीले क्षेत्र नम्बर १ का लागि ओमनाथ भण्डारी, २ का लागि रुद्रप्रसाद गिरी, ३ का लागि प्रकाश पाठक र ४ का लागि शम्भुप्रसाद ढकालको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर ५ को उम्मेदवार भने सिफारिस हुन बाँकी छ । जिल्ला समितिले सिफारिस गरेपनि सबै उम्मेदवार पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी हुनेछन् ।

    Advertisement

    क्षेत्र नम्बर १ बाट सिफारिस भण्डारी धुलाबारीका युवा व्यवसायी हुन् । भण्डारीले झापामा स्वतन्त्र अभियानको अगुवाई गरेका थिए । निर्वाचन क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका गिरी कृषि तथा पर्यावरणविद् हुन् । अर्जुनधारालाई कर्मक्षेत्र बनाएका गिरीले अमेरिकामा अध्ययन गरेर चितवन हुँदै गृहजिल्ला झापा आएका हुन् । झापा क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका पाठक पूर्वसञ्चारकर्मी हुन् । झापाको पाथीभरा एफएफबाट करियर सुरु गरेका पाठक लामो समय रेडियो कान्तिपुरमा कार्यरत थिए । राजनीतिमा आउनुअघि उनी रबि लामिछानेसंगै ग्यालेक्सी टेलिभिजनमा आबद्ध थिए । सामाजिक अभियन्ताको रुपमा छबि बनाएका ढकाल सरकारी सेवाबाट अवकास पाएर सामाजिक अभियानमा लागेका व्यक्ति हुन् । उनी लेखकको रुपमा शम्भु सुस्केराको नामले परिचित छन् ।
    रास्वपाको प्रारम्भिक निर्वाचनमा सहभागी हुन झापाबाट प्रत्यक्षमा २४ जनाले नाम दर्ता गराएका थिए । जिल्ला समितिले सिफारिस गरेपनि असोज १० देखि हुने छनोट प्रक्रियामा सबै जना सहभागी हुनुपर्नेछ । प्रारम्भिक निर्वाचनलगत्तै उमेदवारको अन्तिम टुंगो लाग्ने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए ।

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको बन्द सूचीमा झापाबाट ४ जना परेका छन् । उनीहरु प्रारम्भिक निर्वाचनमा सहभागी भएर १ सय १० जनाको सूचीमा परेका हुन् । सूचीमा ईन्दिरा राना मगर, निशा डाँगी, रुपा लावती र मनोज राजवंशी परेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.