असाेज ५, झापा । करेण्ट लगाएर माछा मार्ने क्रममा झापाकाे अर्जुनधारामा गएराती एक व्यक्तिको मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा अर्जुनधारा १० का २७ बर्षीय इन्द्र चेम्जोङ रहेका छन् । साथीहरूसँग स्थानीय सेती खाेलामा करेण्ट लगाएर माछा मार्ने क्रममा गएराती १० बजे चेम्जोङलाई करेण्ट लागेकाे थियाे ।
गम्भीर घाइते भएका उनकाे उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेकाे प्रहरी कार्यालय झापाका प्रबक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
Advertisement







