• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेल्टा झापा अध्यक्ष भट्टराईले एशियन समटिमा नेपालको प्रतिनिधित्व गर्ने


  •    संवाददाता/ बिहिबार, भदौ ३०, २०७९  

  • ३० भदौ, झापा । नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टाका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशियाकै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किलमा सहभागी हुन नेपाली प्रतिनिधिको रुपमा बैंगलोर जाने भएका छन् ।

    आगामी असोज ३ गतेदेखि ७ गतेसम्म भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा हुने उक्त सम्मेलनमा भारतका सबै प्रान्तका साथै एशियाका अधिकांश देशहरूको सहभागिता रहने बताइएको छ।

    Advertisement

    कार्यक्रममा ३ दिनसम्म एशियाका शिक्षा मन्त्रीहरु र एजुकेशन लिडरहरु बिचमा एशियाको शिक्षा नीति निर्माण, शिक्षामा साझेदारी, नीति कार्यान्वयन, प्रविधिको विकास एवम् प्रयोग र शिक्षा क्षेत्रका चुनौती र सम्भावनाजस्ता विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमका बीचमा भारतको सबैभन्दा उच्च शैक्षिक संस्था सम्मान एवार्ड विभिन्न तहका शैक्षिक संस्थाहरुलाई प्रदान गरिने भएको छ।

    Advertisement

    सम्मेलनको तेस्रो चौथो र पाँचौ दिन बैंगलोरस्थित अन्तरास्ट्रिय प्रदर्शनी केन्द्रमा ३०० बढी शैक्षिक सामग्री उत्पादन गर्ने कम्पनीका १५ सय बढी शैक्षिक सामग्री प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

    भारतीय शिक्षा मन्त्रालय, नीति आयोग र स्किल इण्डियाको आयोजना र कर्नाटक राज्यको शिक्षा मन्त्रालय र इण्डिया डाइडाक्टिक एशोसिएसनको आतिथ्यमा आयोजित उक्त सम्मेलनमा भारत तथा एशियाका शिक्षा मन्त्रीहरु, शिक्षाविद् शैक्षिक अभियानका वरिष्ठ विज्ञहरु, नीति निर्माताहरु, शैक्षिक सामग्री उत्पादकहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

    अध्यक्ष भट्टराई नेपाली शैक्षिक अभियन्ताको रुपमा नेपालको प्रतिनिधित्व गर्दै ब्यक्तिगत निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन लागेको हुन्। उनले सम्मेलनमा नेपालको शैक्षिक अवस्था, चुनौति र एशियाली शिक्षा नीति निर्माण विषयको छलफलमा भाग लिने बताए। उनी शिक्षण संस्था एवार्ड वितरण समारोहमा विशेष अतिथिको रुपमा समेत रहने र के १२ शिक्षा प्रणाली विषयक राउण्ड टेबल टक कार्यक्रमको वक्ताको रूपमा प्रस्तुत गरिएको छ।

    नेल्टा झापाका अध्यक्ष भट्टराई यसअघि सन् २०१९ मा दुवईमा सम्पन्न ग्लोबल एजुकेशन एण्ड स्किल फोरम र सन २०२० मा श्रीलंकामा सम्पन्न श्रीलंकाली शिक्षक प्रशिक्षक सम्मेलनमा सहभागी भएर आफ्नो प्रस्तुति दिइसकेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.