कनकाई । फक्तालुङ एजुकेसन फाउन्डेसनले ५३औं बाल दिवसको अवसर पारेर विद्यालउमा नृत्य प्रतियोगिता कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयले नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई ट्रफी र सटिफिकेटद्वारा सम्मान गरेको छ ।

Advertisement
प्रतियोगितामा सिखा सेन्चुरी प्रथम भइन् भने जेनिसा लिम्बू द्वितीय र शिद्धी भण्डारी तेस्रो भएकी छिन् ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले गरेका थिए भने कार्यक्रममा प्रधानाध्यापक ओम विक्रम नेम्वाङ, विशाल थापा लगायतले मनतव्य राखेका थिए ।
विद्यार्थी ओसन नेम्वाङले स्वागत मन्तव्य गरेका उक्त नृत्य प्रतियोगितामा कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारी र मञ्जु बजगाईंले गरेका थिए ।








