• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् कि सलुजा भइन् बक्तृत्वकलामा प्रथम


  •    संवाददाता/ बिहिबार, भदौ ३०, २०७९  

  • भाद्र ३० बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा न्यूटन्स् एजुकेशन एकाडेमीकी सलुजा शाह प्रथम भएकी छन् ।

    महिला विकास शाखाको आयोजनामा ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुको विचमा भएको यस प्रतियोगितामा साङ्गवेद सस्कृत माध्यमिक विद्यालयका कुशल निरौला दोश्रो, कञ्चनजंघा इङ्लिस बोर्डिङ्ग स्कुलकी भुमिका खरेल तेश्रो र इडन गार्डेन स्कुलकी सुमिरन दुलाल सान्तवना भएकी छन् ।

    Advertisement

    विजेताहरुले क्रमश पहिलो, दोश्रो, तेश्रो र सान्तवनाले २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । नेपालका बालवालिका र बालअधिकारको अवस्था शिर्षकमा आयोजना गरिएको प्रतियोगितामा नगरका विभिन्न विद्यालयबाट १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

    Advertisement

    यस्तै राष्ट्रिय बाल दिवसका अवसरमा नगरले कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि आयोजना गरेकोे चित्रकला प्रतियोगितामा मनकामना अंग्रेजी माध्यमिक विद्यालयमा अध्यनरत सुवेक्षा अधिकारी प्रथम भइन् । यस्तै प्रतियोगितामा जनता प्रा.विका मनिल सोरेन दोश्रो, लक्ष्मी नारायण प्रा.विका अर्जुन चौधरी तेश्रो र लिटल फ्लावरका नैतिक राजवंशी तेश्रो भए ।

    न्यूटन्स् एकाडेमीको हलमा २७ गते आयोजना गरिएको चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका १९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विजेता पहिलो, दोश्रो, तेश्रो र सान्तवना हुने विद्यार्थीहरुले क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।

    प्रतियोगिताको निर्णायकमा पूर्व उपसचिव उद्वव विष्ट र युवराज पाण्डे रहेका थिए । बिजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई, विशेष अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेलले वितरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.