• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

होलिवेल स्कूलले ‘यौन दुव्र्यवहार’ को घटना आफै मिलायो


  •    संवाददाता/ मङ्गलबार, भदौ २८, २०७९  

  • मेचीनगर । झापा मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयका एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

    सोही विद्यालयमा अध्यापन गराउने शिक्षक दिपेश पाठकले कक्षा ९ मा पढ्ने छात्रालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेका हुन् । घटना केही दिन अगाडिको हो । ती शिक्षकले केही समयदेखि ती नाबालिका छात्रालाई मायाप्रेमका कुरा गरेर यौन दुव्र्यवहार गरेका थिए ।

    Advertisement

    ती छात्राले यौन दुव्र्यवहार भएको बारे परिवारलाई जानकारी गराएपछि भदौ १० गते विद्यालय परिसरभित्रै पसेर शिक्षक पाठकलाई कुटपीट गरिएको थियो । ती छात्राका आफन्तको कुटपीटबाट शिक्षक पाठक सामान्य घाइते भएको विद्यालय प्रशासनले जनाएको छ ।

    Advertisement

    छात्रामाथि यौन दुव्र्यवहारको घटना बाहिरिएपछि विद्यालय प्रशासनले दुवै पक्षलाई राखेर ‘जबरजस्त’ मिलाउने प्रयत्न गरेको छ । विद्यालय प्रशासनले व्यवहारिकता हेरेर ती शिक्षकलाई एक साता विद्यालय नआउन आग्रह गरेको विद्यालय प्रशासन प्रमुख सुरज कार्कीले बताए । विद्यालय प्रशासनले गल्ती नगर्न ती शिक्षकलाई सुझाव दिएर गम्भीर घटना ढाकछोप गरेको हो । अहिले ती छात्रा नियमित रुपमा विद्यालय आइरहेकी छिन् भने आरोपी शिक्षक पाठकले पनि आइतबारबाट पढाउन सुरु गरेका छन् ।

    पीडित छात्राबाट अहिलेसम्म प्रहरीमा उजुरी नआएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । आरोपी शिक्षक भने पढाउन व्यस्त छन् । विद्यालय प्रशासनले उक्त गम्भीर घटनालाई सामान्य रुपमा लिएको छ ।

    मंगलवार विद्यालय पुगेको सञ्चारकर्मीको टोलीलाई स्कूलका प्रशासन प्रमुख कार्कीले छात्रामाथि नराम्रो व्यवहार गरेको भन्दै शिक्षक पाठकलाई एकपटक सच्चिने मौका दिएको बताए । ‘उहाँले गल्ती गर्नु भएकै हो,’ कार्कीले भने, ‘तर पीडित छात्राको अभिभावकसँग बसेर केश मिलाइसकिएको छ । यसमा धेरै कुरा भन्नु छैन ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.