• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनेरास्ववियुको पहलमा समाधान भयो विद्यार्थीलाई गाडी नरोक्ने समस्या


  •    संवाददाता/ शनिबार, भदौ २५, २०७९  

  • मेचीनगर । विद्यालय र क्याम्पसको समयमा काँकरभिट्टाबाट छुट्ने प्रत्येक सार्वजनिक यातायातले कम्तिमा २० जना विद्यार्थीलाई गाडीमा चडाउनु पर्ने भएको छ । शनिबार मेचीनगर नगरपालिका कार्यालयमा बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, बस व्यवसायी र मेचीनगरपालिका बीचको बैठकले सो निर्णय गरेको हो ।

    विशेष गरी विहानी सत्रका विद्यार्थीलाई कलेज जाँदा सार्वजानिक बसले नचढाउँदा मेचीनगरका विद्यार्थी केही महिनादेखि आन्दोलित थिए । विद्यार्थीहरुको उक्त आन्दोलनलाई नेतृत्व गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गरपालिकाको रोबरमा यातायात व्यवसायीहरुसँग छलफल गरेको हो ।

    Advertisement

    नगरपालिकामा बसेको उक्त छलफलले बसले कम्तीमा २० जना विद्यार्थीलाई चढाउने सहमति भएको अनेरास्ववियु झापा जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज संस्कृति रिजालले बताइन् ।

    Advertisement

    छलफलमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतो, मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, बस व्यवसायी कमल साह, हीमा दाहाल, चिरन्जीवी रेग्मी, विद्यार्थी नेता बिनिता न्यौपाने, सन्तोष धमला, ईश्वर रिजाल, योगेश भण्डारी, सन्देश पौडेल र आर्यन पौडेल लगायत सहभागी थिए ।

    यातायात व्यवसायी र विद्यार्थीहरु बीच भएको सहमतीहरु यस प्रकार रहेको छ ।

    १. काँकरभिट्टाबाट इटाभट्टादेखि धुलाबारी चारआली बिर्तामोड जाने विद्यार्थीहरुले कलेज समयमा राज्यले निर्धारण गरेको भाडा लिई निर्धकरुपमा यात्रा गर्न पाउने ।

    २. विद्यार्थीहरुले अनिवार्य रुपमा परिचय पत्र देखाई तोकेको भाडा तिर्नुपर्ने ।

    ३. विद्यार्थीहरुले विद्यालय, कलेज समयमा छुट्ने सबै बसहरुमा सामान्यता २० जना विद्यार्थी संख्या मिलाएर चढ्ने व्यवस्थापन गर्ने ।

    ४. बस व्यवसायीहरुले बस बिसौनी ठाउँहरुमा विद्यार्थीहरु भए अन्यन्त्र रोक्ने गरेको गुनासो भएका हुँदा त्यसो नगर्न र बस स्टेन्डमै रोक्नुपर्ने ।

    ५.विद्यार्थीहरु र व्यवसायीहरुबीच उपरोक्त बमोजिमको सहमति कार्यान्वयन गर्न–गराउने बस व्यवसायी, प्रहरी प्रशासन तर्फबाट अनुसन्धान गर्ने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.